दफा २६
वार्षिक प्रतिवेदन
(१) उपकुलपतिले प्रज्ञा प्रतिष्ठानको काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन तोकिएको अवधिभित्र सभा समक्ष पेश गर्नु पर्नेछ र सो प्रतिवेदनमाथि सभाले विचार गरी आवश्यक निर्देशन दिन सक्नेछ । यसरी प्राप्त निर्देशन बमोजिम प्रतिवेदनलाई अन्तिम रूप दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त विज्ञान र प्रविधिको क्षेत्रमा प्रज्ञा प्रतिष्ठानले गरेका मुख्य–मुख्य काम, विज्ञान र प्रविधिको क्षेत्रमा भएका उपलब्धी तथा त्यसको औद्योगिक वा व्यवहारिक प्रयोग, आम्दानी र खर्चको विवरण, अध्ययन, अनुसन्धान र प्रशासनिक प्रत्येक क्षेत्रमा भएको खर्चको विवरण उल्लेख हुनु पर्नेछ ।
(३) उपकुलपतिले उपदफा (१) बमोजिम सभाबाट विचार भई अन्तिम रूप दिइएको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गर्नेछ ।
(४) प्रधानमन्त्रीले उपदफा (३) बमोजिम पेश भएको प्रतिवेदन वातावरण, विज्ञान तथा प्रविधि मन्त्री मार्पmत सार्वजनिक गराउने छ ।